टुरिजम डेभलपमेन्ट तत्काल मर्जमा नजाने, आधुनिक बैंकिङ प्रणालीका विभिन्न सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 11:08:34 AM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकले आधुनिक बैंकिङ प्रणालीका विभिन्न सेवा सुरु गरेको छ । बैंकले इ एम भी चिपमा आधारित भिषा डेबिट कार्ड, युएस डलर कार्ड, अन्र्तराष्ट्रिय ट्राभल कार्ड जारी गर्नुका सार्थ पोइन्ट अफ सेल्स मेसिन र स्मार्ट मोबाइल बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकले आफ्नो आठौं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा पत्रकार गरी अबको युग डिजिटल भएको बताउदै आधुनिक बैंकिङ प्रणालीका विभिन्न सेवा सुरु गरेको बताएको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत महेशशर्मा ढकालले बैंकले सञ्चालनमा ल्याएको नयाँ सेवा सुबिधाबाट कारोबार थप सरल सहज र सुरक्षित हुने जानकारी दिए  ।

बैंकले सुरु गरेको इएमभी चिप प्रविधिमा आधारित भिषा डेबिट कार्ड, डलर कार्ड, अन्तर्राष्ट्रिय ट्राभल कार्ड कार्ड जारी गरेको छ । यी कार्डहरु विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक इएमभी चीप प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित भएको बैंकको दाबी छ ।

बैंकले ठमेल क्षेत्रको व्यापारमा ७० प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । 

बैंकले रुपन्देही, कञ्चनपुर, काठमाडौं लगायतका जिल्लामा ८ वटा नयाँ शाखा तथा ५ वटा थप एक्सटेन्सन काउण्टर संचालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

साथै बैंकले मेगा बैंकसँग मर्ज हुन अझै ६ महिना लाग्ने बताएको छ । मेगाले भर्खरै हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएकाले  मर्ज भइहाल्ने अवस्था नरहेको भन्दै आधुनिक बैंकिङ प्रणालीका विभिन्न सेवा सुरु गरिएको बैंकले जनाएको हो ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved