कतार एयरवेजले कार्गोमा समेत उत्कृष्ट हुँदै २ पुरस्कार हात पारेको छ। सिंगापुर र भारतमा भएको कार्यक्रममा कतार एयरवेज कार्गोमा उत्कृष्ट भएको हो।
एकै महिना दुई पुरस्कारले सम्मानित भएको भन्दै कतार एयरवेजले यस सम्मानले विश्वकै कार्गो सेवामा कतार एयरवेजले अझ योगदान पुर्याउने जनाएको छ।
कतार एयरवेजका प्रमुख अकबर अल बकरले कार्गोमा कतार एयरवेजले पहिचान बनाउन सकेकोमा खुसी ब्यक्त गरे ।‘यसका लागि पुरस्कार छनौट गर्ने निर्णायक मण्डल, ग्राहकलाई धन्यवाद’ उनले भने।
कतार एयरवेजले छिमेकी राष्ट्रहरुको नाकाबन्दीका बावजुत पनि उत्कृष्ट सेवा प्रदान गर्दै यी २ पुरस्कार हात पार्नु उनीहरुका लागि चुनौतीको विषय बन्न पुगेको छ।