नियोस्फेयरको तालिम केन्द्रः सफ्टवेयरको विकासदेखि साइबर सेक्युरिटीसम्म

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 07:57:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा अर्गनाइजेसनबाट प्रवद्र्धन गरिएको आइटी संस्थान नियोस्फेयरले सफ्टवेयर विकासदेखि साइबर सेक्युरिटीसम्मका तालिमहरु प्रदान गर्ने भएको छ।

आइटीमा अध्ययनकर्तालाई सैद्धान्तिकका अलवा प्रयोगात्मक सिप सिकाउने उद्देश्यले विभिन्न तालिमहरु संचालन गरिएको नियोस्फेयरले जनाएको छ। जसमा डाटाबेस एडमिनिष्ट्रेसन, हार्डवेयर एण्ड नेटवर्किङ, सर्भर एडमिनिष्ट्रेसन, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, मल्टिमिडिया तथा एनिमेसन छन्।

कम्पनीका संस्थापक सञ्जय गोल्छाले नेपाली बजारमा आइटी विशेषज्ञ तथा डिजाइनरको खाँचो रहेको औंल्याउँदै भने ‘नियोस्फेयरले आफ्ना विद्यार्थीलाई समग्र र सान्दर्भिक प्रयोगात्मक शिक्षा दिनमा तत्पर छ।’

आफूहरुले दिने सिपबाट बजारको माग केही हदसम्म परिपूर्ति हुने बताउँदै उनले नियोस्फेयर नै सृजनात्मक मञ्च भएको टिप्पणी गरे।डिजिटल भविष्यको बुझाई, प्रयोगात्मक तालिम प्रविधि, प्रत्यक्ष आइटी उद्योगकको प्रदर्शन तथा पढाउने शैली नवीनतम प्रविधिमा आधारित रहेको उनले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved