नेपालमा आइफोन टेन भोली शुक्रबार सार्बजनिक हुदै, हेर्नुस कति स्टोरेज र कुन रङ्गको आउनेछ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2017 | 03:50:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि. आइफोन टेन यहि डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ । आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ । अर्ध बार्षिकमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले अनुरोध गरेको छ  ।   

कम्पनीको आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) रहेका छन् । कम्पनीले जेननेक्स्टको होलोग्राम बक्समा हेर्न पनि आग्रह गरेको छ  ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले www.gnextcom.com/check-service-tag मा  गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved