भिभोको भी१५ प्रो नेपाली बजारमा, ट्रिपल क्यामरा सहित आर्टिफिसियल इन्टेलिजेन्स सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 07:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भीभोले भी सिरिजको नयाँ स्मार्टफोन भी१५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभो भी१५प्रो पहिलो मोडलको यो स्मार्टफोन भीभो नेक्सपछि उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको कम्पनीले जनाएको छ। 

यस स्मार्टफोनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ कम्पनीले जनाएको छ। भीभोले पुनः एक पटक एलेभेटिंग क्यामरा ल्याएर यसअघिको मान्यताभन्दा अगाडि बढेको कम्पनीको दाबि छ।    

भी सिरिजमा उच्च स्तरका प्रविधिहरु तथा फीचरहरु राखिएको छ। एलेभेटिंग फ्रन्ट क्यामराका अतिरिक्त भी१५प्रोमा एआई ट्रिपल क्यामरा सेटअप रहेको छ भने यसका साथमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग समेत राखिएको छ ।

‘आविश्कार हाम्रो प्रमुख मूल्य हो, उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामराले फोनमा बेजेललेस डिस्प्ले प्रदान गरेको छ, हामी सँधै गेम चेन्जिंग फीचहरु ल्याउन प्रयासरत छौं, जसमा उच्च गुणस्तरको क्यामराहरु, स्मार्टर एआई सर्भिसेज लगायतले मोबाइल अनुभवलाई नयाँ आयाम प्रदान गर्दछ,’ भीभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले भने, ‘भीभो भी१५प्रो ग्राहकहरुको दैनिक जिवनलाई सहज बनाउन ल्याएको प्रडक्टको हामीले व्यक्त गरेको प्रतिबद्धताको उदाहरण हो ।’

फिचर

भीभो भी१५प्रोमा ठूलो डिस्प्ले रहेको छ जसलाई एलेभेटिंग फ्रन्ट क्यामराले गर्दा सहज बनाएको छ। यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने भीभो भी१५प्रोमा ९१.६४ प्रतिशत स्क्रीन टू बडि रेसियो रहेको छ जसले गेमिंग र भीडियो हेर्नका लागि सहजता प्रदान गर्दछ ।

यसमा ६.३९ इन्चको सूपर एमोलेड अल्ट्रा फूलभ्यू डिस्प्ले प्रयोग गरिएको छ, जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको छ । एआई ट्रिपल क्यामराका साथमा भी१५प्रोद्धारा उत्कृष्ट फोटो खिच्न सकिन्छ । भीभो भी१५प्रोमा स्पष्ट र गुणस्तरिय फोटो खिच्नका लागि एआईका साथमा ट्रिपल क्यामरा राखिएको छ । जून यसमा भएको ४८ मिलियन क्वाड पिक्सेल सेन्सरका कारणले सफल भएको कम्पनीले जनाएको छ। यसका साथै ८ मेगापिक्सेलको वाईड एंगल र ५ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । 

फोर ईन वान पिक्सेल प्रविधि राखिएको मुख्य क्यामराले उच्च गुणस्तरको १२ मेगापिक्सेलको फोटो खिच्न सक्दछ भने अँध्यारो अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको वाईड एंगर क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्न सकिने बनाएकोछ ।

फोटोग्राफीका लागि यसमा एआई फेस ब्यूटि, एआई पोर्टेट फ्रेमिंग जस्ता फीचर छन् । अल न्यू एआई सूपर नाइट मोडले रातीको समयमा लिईने फोटोहरु ट्राइपोड बिना नै डिएसएलआरको जस्तै गुणस्तरमा खिच्न सकिन्छ । यसले गर्दा फरक एक्सपोजरमा पनि अनेकौं फोटोहरु लिन सकिन्छ । यसमा एआई बडि सेपिंग फीचर पनि राखिएकोछ ।

भीभो भी १५प्रोमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि प्रयोग गरिएको छ, जून यसको पाँचौ पुस्ताको नविनतम प्रविधि हो । एआई पावर अन गर्नका लागि भी१५प्रोको साइडमा भएको नयाँ स्मार्ट बटन प्रयोग गरे पुग्छ । एक क्लिकमा गूगल असिस्ट्यान्ट, दुई क्लिकमा जोभी इमेज रिकोग्नाइजर प्रयोग गर्न सकिन्छ । भी१५प्रोमा गूगलसँगको सहकार्यमा तयार पारिएको भ्वाइस कमाण्ड पनि राखिएको छ जसले प्रयोगकर्ताको  आवश्यकताअनुसारको जवाफ दिन्छ । यसका साथै एआई फेस ब्यूटी, फोन मेमोरी क्लिनअप, खोजी लगायतका कार्य कमाण्डबाटै नै गर्न सकिन्छ ।

गेम मोड ५.०

भी१५प्रोमा भएको अपग्रेड गरिएको गेम मोड ५.० लाई गेमरहरुले मनपराउने कम्पनीले बिश्वास गरेको छ। यसमा कम्पिटिसन मोड राखिएको छ, जसले गेम परफर्मेन्सका लागि ड्यूल टर्बोका साथमा फोनको सिस्टम छुट्याउँछ, जसले गर्दा सहजरुपमा गेम खेल्न सकिन्छ ।

भीभो भी१५प्रोमा क्वालकम स्न्यापड्रागन ६७५एआई अक्टा कोर प्रोसेसर राखिएकोछ । यो फोन ६जीबी र ८ जीबी र्याम अप्सनमा आउँछ भने यसको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ । यसमा भएको ड्यूल इन्जिन फास्ट चार्जींग टेक्नोलोजीका साथमा प्रयोगकर्ताहरुले केबल १५ मिनेटमा एक चौथाई चार्ज गर्न सकिने हुँदा चार्जींगको समस्या नहुने कम्पनीको भनाई छ । टोपाज ब्लू कलर अप्सनमा उपलब्ध यस स्मार्टफोनको अधिकतम मुल्य ५२ हजार ४९० कायम गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved