
सिजि अटोमोटिभ्स अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्सले काठमाडैंको डल्लूमा सर्भिस सेन्टर सुरु गरेको छ । किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा उक्त सर्भिस सेन्टरको उद्घाटन गरे ।
हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३ हजार ३८१.५२ स्क्वायर फिटको क्षेत्रमा फैलिएको छ । यस सर्भिस सेन्टरमा प्रतिमहिना २ हजार कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् ।