पोखरामा पनि ‘सरर नेपाल’, काठमाडौँमा भन्दा बढी सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 03:00:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा निकै सफल मानिएको राइड सेयरीङ सर्भिस पोखरामा पनि पुगेको छ। काठमाडौंमा मात्रै सिमित रहेको राइड सेयरीङ सर्भिसलाई टेक फर नेपाल प्रा.ली.ले पोखरामा पनि भित्र्याएको हो । टेक फर नेपालका डाइरेक्टर तथा सरर नेपालका अपरेसन हेड सन्तोष कुमार बिमलीका अनुसार टेक्नोलोजीको उपयोगलाई एउटा शहरमा मात्रै सिमित राख्न नहुने बताउँदै देशैभरी फैलाउने बताउछन् ।

अब पोखरामा पनि घरमै बसी बसी अथवा कुनै स्थानमा मोबाईलबाटै आफुलाई वा आफ्ना आफन्तलाई आफ्नो गन्तव्यमा पुग्न सरर नेपालको परीक्षण सेवा सुरु गरेको छ ।

सरर नेपाल के हो ?

सरर नेपाल एक राइड सेयरिइङ एप हो, जसको मदतले तपाईंले आफु भएकै स्थानमा बाइक, ट्याक्सी वा अन्य साधन बोलाउन सक्नुहुन्छ ।

सरर नेपालमा आब्द्द हुन चाहने ट्याक्सी, बाइकहरुले सरर नेपाल एप डाउनलोड गरी अन्लाइन रेजीस्टर गर्नुपर्ने हुन्छ । सरर नेपालबाट सेवा लिन चाहनेहरुले पनि एप डाउनलोड गरी अन्लाइन रेजीस्टर गर्नुपर्ने हुन्छ ।

प्यासेन्जरका हिसाबले सररमा यात्रा गर्दा भाडाको पारदर्शीता, पुग्ने ठाउँ सम्मको लोकेसन, एड्ड्भान्स बूकिङ गर्न मिल्ने, सधैं जाने आउने ठाउँका लागी सस्तो प्याकेज, हरेक यात्राबाट १ रुपैयाँ सामाजिक कार्यका लागि जस्ता बिशेषता छन् । त्यसैगरी सरर नेपालमा आबद्ध हुने क्याप्टेनलाई न्युनतम १० प्रतिशतमा काम गर्न सक्ने गरी वा मासिक फिक्सड रकम तिरी फ्री सिम, फ्री डाटा, फ्री भोइस, फ्री बाईक सर्भ्सििङ र अन्य सुबिधाहरु उपयोग गर्न सक्ने सररले जनाएको छ ।

सरर नेपालका एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ । एपमा चालकका रूपमा आबद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्ने प्रावधान राखिएको छ । कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved