ओपोको एफ१७ प्रो असोज ११ मा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 01:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत अनलाइन लञ्च ईभेन्ट मार्फत सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभ लञ्च ईभेन्टमा नेपाली ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुपबिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहने कम्पनीले जनाएकोछ ।  

एफ१७ सिरिजलाई निरन्तरता दिँदै कम्पनीले ओपो एफ१७ प्रो ल्याएको हो । जसमा ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्याशचार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्चहोल डिस्प्ले र नव प्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।

एफ१७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्चहोल्स रहेको यो फोनमा ९०.७ प्रतिशत स्क्रिन टू बडी रेसियो छ ।

त्यस्तै एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेट भित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३० वाट भोक फ्ल्याश चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्रतिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनिकरण ल्याउँछ । यसमा रहेको ४ हजार एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४ प्रतिशत चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा ४ घण्टासम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved