रियलमीका नयाँ २ स्मार्टफोन सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 06:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी ७ र ७आई नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले तीव्र तस्वीर खिच्न र छिटो चार्ज गर्न सक्षम उक्त फोनहरु मंगलबार सार्वजनिक गरेको छ । 

रियलमी ७ र ७ आईमा ९० हर्ट्जको अल्ट्रा स्मूथ डिस्प्ले, डार्ट चार्जिंग, ५ हजार एमएएच ठूलो ब्याट्री, र ६४ एमपी क्वाड क्यामेरा रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले ८जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको रियलमी ७ को बजार मूल्य ३५ हजार ९९० रुपैयाँ तोकेको छ । त्यस्तै ८जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको रियलमी ७ आईको मूल्य कम्पनीले २९ हजार ९९० रुपैयाँ तोकेको छ । 

हाल बजारमा रियलमी ७ फोन मिस्ट ह्वाइट र मिस्ट ब्लू कलरमा उपलब्ध रहेको छ भने रियलमी ७ आई अरोरा ग्रीन र पोलर ब्लूमा उपलब्ध छ । 

दुवै स्मार्टफोनहरु देशभरका विभिन्न रिटेल आउटलेहरु र हाम्रो अनलाई रिटेल पार्टनर दराजमा उपलब्ध छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved