मोटोरोलाका नयाँ २ स्मार्टफोन नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 03:13:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्याण्ड मोटोरोलाका नयाँ दुई स्मार्टफोन नेपलमा भित्र्याएको छ । कम्पनीले मोटो जिनाइन प्ले र मोटो इ सेभेन प्लस फोन नेपालमा भित्र्याएको हो । 

मोटो जिनाइन प्लेमा ६६२ चिप्सेट, ४८ एमपिको ट्रिपल क्यामरा प्रणाली र २० वाटको टर्बोपावर चार्जिंग भएको एउटा ५००० एमएएचको ब्याट्री सहित रहेको छ । त्यस्तै, मोटो इसेभेन प्लसमा नाइट भिजनमोड सहितको ४८ एमपिएफ १.७ क्यामराका साथमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । 

मंसिर २७ देखि मोटो जिनाइनप्ले र मोटो इ सेभेन प्लस दराजमा उपलब्ध हुनेछन् । 

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कलमोबिलिटीको साथमा भएको जनाइएको छ । 

कम्पनीले जिनाइन प्लेको बजार मूल्य १९ हजार ९९० रुपैयाँ र मोटो इ सेभेन प्लसको बजार मूल्य १६ हजार ५९० रुपैयाँ तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved