पियाजियो र एम.भी. दुगड ग्रुपले नेपालमा अप्रिलिया एसएक्सआर १६० को बिक्रि सुरु गरेको छ । पियाजियो इंडियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले नयाँ स्कुटीको उद्घाटन गरेका हुन्।
यो स्कुटी अप्रिलिया नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कूटर र यसको मूल्य सबै डीलरशिपमा ४ लाख ९ हजार ९ सयमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।