होण्डा नेपालले भर्खरै नेपाली बजारमा भित्राएको सीबी ३५० डीएलएक्स ले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ । होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्सले बाइकरहरुको मन लोभाएको हो ।
केहि साता अघि लन्च गरिएको यस बाइक आज स्टक आउट भएको छ र अब उपरान्त बाइक खरिद गर्न इच्छुक बाइकरहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्ने होण्डा नेपालले जनाएको छ । आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्सले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको होण्डाको विश्वास छ ।
३००० आर पि एम मा ३० एन एम टर्क र ५५०० आर पि एम मा २१.०७ पि एस को अधिकत्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहितको एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध रहेको हाण्डाले जनाएको छ ।