डिशहोमको “खुशीको कनेक्सन” अभियानको पूर्ण भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 08:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले आफ्नोे “खुशीको कनेक्सन” अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ। डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ। 

यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ । आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखेपछी नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन्। 

नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको “म तिम्रै हुँ”, गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ ।  

नौ वटा स–साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै पिक्चर क्वालिटी,  , विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन्।

डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ। स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ ।  यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिने डीस होमले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved