१ बर्षको रिचार्ज गर्दा डिशहोमका ग्राहकले जिते नगद १ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 06:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्


यहि योजनामा सहभागी भएर  फाकफोकथुम २, ईलामकी मन्दिरा राईले नगद रु एक लाख जितेकी छन् । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोबाट एक वर्ष रिचार्ज गरेर उनले लक्कि ड्रमा सहभागी भइकी थिईन्

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved