अल्टिमा लाइफस्टाइलले‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ । अल्टिमा लाइफस्टाइल एक उचित मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित कम्पनि हो ।
अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन रहेको छ जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुने कम्पनि ले जनाएको छ । अल्टिमा वाच म्याजिक मात्र रु. ३५९९ मा दुबै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ ।
अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ ।
यो स्मार्टवाच निर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट आप संग कनेक्ट हुन्छ । यति मात्र नभई यो स्मार्ट वाच क्ष्एटड पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ जसले गर्दा प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ । यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलो पटक निकै नै गर्वका साथ १.८३” डिस्प्ले सहितको बीटी कलिंग (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको छ ।
यस्तो छ मूल्य सूची :
Products |
Prices |
Colors |
Remarks |
Ultima Watch Magic (NEW) |
Rs 3,599 |
Black/Copper |
Rs 2,999 Only for first 100
Buyers on Daraz and first 50 buyers on Hukut Store. Stock drops May 18th |
Ultima Nova |
Rs. 4799 |
Black/ Pink |
Smartwatch |
Ultima Atom 192 |
Rs. 2599 |
Black/ White/ Grey |
TWS |
Ultima Atom 320 |
Rs. 2399 |
Black/ White/ Blue |
TWS |
Ultima Atom 520 |
Rs. 2299 |
Black/ Blue |
TWS |
Ultima Atom 255 |
Rs. 2599 |
White |
TWS |
Ultima Beatz 355 |
Rs. 2099 |
Black |
Neckband |
Ultima Rockerz |
Rs. 2699 |
Black/Blue/Green |
Portable Speakers |