आइएमई पेको बिगमार्टसँग नयाँ अफर “ह्यप्पी शपिङ याट् बिगमार्ट”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 01:43:05 PM मा प्रकाशित

laxmi sunrise bank

आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।

“ह्यप्पी शपिङ याट् बिगमार्ट” नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटक सम्म पाउने छन् । 


कम्पनिका अनुसार अफरको दोश्रो चरण असार १ देखी साउन ३२ सम्म रहने छ। सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि  प्रदान गरिने छ ।  



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved