भिभो भी३० सार्वजनिक हुन अघि नै नेपाल आइडलको जज इन्दिरा जोशीको हातमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 07:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल सोल्टीमा यही फेब्रिअरी २९ तारिखमा आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाकीँ नयाँ भिभो भी३० प्रयोग गरेको देखिएको छ । यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरुको खुलास भइसकेको छैन। यद्यपी यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

 कम्पनीका अनुसार भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउँने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक “नोबल ब्ल्याक” रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा, भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहज प्रयोगकर्ता अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो संगै, भिभो भी३० स्मार्टफोनको लन्चको लागी प्रयोगकर्ताहरुमाझँ उत्साह बढेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved