सचिव सिंहको नजरमा रवि लामिछाने, 'जनहित हेरेर निर्णय गर्छन्, ल्याङ्ग ल्याङ्ग गर्दैनन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 08:26:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सत्ता समीकरण बनेसँगै  राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो पटक सरकारमा सामेल भएको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा चार मन्त्रालय लिएर  पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रास्वपा  सरकारमा सामेल भएको हो। 

पछिल्लो निर्वाचन पश्चात पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक सामेल हुँदा पनि रवि लामिछानेको नेतृत्वमा नै रास्वपा सरकारमा सामेल भएको थियो। जसरी पहिले उपप्रधान सहित गृहमन्त्री बनेर लामिछाने पहिलो पटक सरकारमा सामेल भएका थिए। ठिक त्यसैगरि अहिले पनि उनी गृह मन्त्रालय सम्हाल्नेगरि दोस्रो पटक सरकारमा सामेल भएका हुन्। 

पहिलो पटक सरकारमा सामेल हुँदा रविले मात्रै एक महिना गृहमन्त्रालय सम्हाल्ने मौका पाए। तर त्यो एक महिनामा पनि रविले उल्लेखनिय र सधै सम्झनायोग्य काम गरेको रविसंग गृह सचिवको रुपमा एक महिना काम गरेका  सचिव विनोद कुमार सिंह बताउँछन्। 

रवि गृहमन्त्री भएकै बेलामा गृहमन्त्रालयको इतिहासमै पहिलोपटक प्रमुख जिल्ला अधिकारीको सरुवाको लागि मापदण्ड तथा कार्यविधि बनेको थियो। यहि मापदण्डअनुसार त्यो बेला ५५ जिल्लामा ७७ जनाको सरुवा भएको थियो। तर अघिपछि सरुवामा विवाद तथा चरम असन्तुष्टि हुने गरेकोमा रविको पालामा भएको सरुवामा कुनै पनि गुनासो नआएको सिंह सुनाउछन्। 

बरु उल्टै बर्षौंदेखि पहुँच र सुनुवाई नपुगेर प्रमुख जिल्ला अधिकारी हुनबाट बन्चित भएकाहरुले त्यो बेला मापदण्ड बनाएर गरिएको प्रमुख जिल्ला अधिकारीको सरुवालाई लिएर प्रशंसा गरेको उनी बताउँछन्। 

सिंहकाअनुसार रविको एक महिने कार्यकालमा भएको हस्तक्षेपबीनाको प्रहरीको बढुवा र सरुवा, क्रसर उद्योगबारेको निर्णय, सिमानाकामा गरिएको कडाइ, जस्ता बिषयले अहिलेपनि गृह मन्त्रालयमा प्रशंसा हुने गरेको छ। 

रविले आफ्नो एक महिना कार्यकालमा गृह मन्त्रालयको आन्तरिक प्रशासनमा कहिल्यै पनि हस्तक्षेप नगरेको र कर्मचारी युनियनको आधारमा नभई कर्मचारीको उचित आवश्यकताको आधारमा निर्णय लिएको सिंहको भनाई छ। 

' ल्याङ्ग ल्याङ्ग नगरी सिधा निर्णय लिने तर निर्णय लिंदा जनहित छ छैन भनेर सोध्ने उहाँ (रवि) को बानि थियो। केहि कुराहरुमा बढी नै आक्रामक हुँदा कहिले काहीं तनाब नै हुन्थ्यो' सिंह सम्झन्छन्, 'यति सम्म आक्रामक हुनुहुन्थ्यो कि प्रहरीको पछुवा गाडी नलिने र हतार हुँदा पनि ट्राफिक लाइटमा रोकिनु पर्छ भन्नु हुन्थ्यो।'

अवसर र चुनौती 

सिंहकाअनुसार रवि सरोकारवालासंग उनीहरुकै ठाउँमा पुगेर प्रत्यक्ष भेटेर समस्या सुन्ने भएकाले समाधान खोज्न सक्ने नेतामध्ये एक हुन्।  जसले गर्दा अहिले सतहमा देखिएका विभिन्न खाले सडक आन्दोलनलाई पनि उनले समाधान गर्ने ल्याकत राख्छन्। 

'अहिले सहकारी, लघुवित्त, मिटरब्याज पिडितहरुको आन्दोलन छ, यस्तो संगठित आन्दोलनलाई सुनेर समाधान खोज्न आफैंमा चुनौतिपूर्ण हुन्छ, तर रवि पिडितको समस्यालाई सुनेर रणनीति रुपमा यी समस्याको समाधान गर्न सक्छन् भन्ने लाग्छ' सिंहले भने। 

त्यसो त् गृहमन्त्रीको रुपमा रविको यस पटकको कार्यकाल सहज देखिदैन। यो पछिल्लो एक वर्षमा गृहसंग जोडिएका धेरै घटनाहरु भएका छन्। जसको उचित समाधान नेपाली जनताले पर्खेका छन् भने पछिल्ला पटक देखिएका नयाँ नयाँ प्रकारका अपराधिक घटनाक्रम पनि उस्तै चुनौतिपूर्ण छ। 

प्रविधिको पहुँच र विस्तार बढेसंगै अपराधका घटनाहरु पनि फरक ढंगले हुने गरेका छन्। जसले गर्दा अपराधिक क्रियाकलाप नियन्त्रण गर्नलाई ठूला ठूला निकायले पनि ठुलै मिहिनेत गरिरहेका छन्।  संगठित अपराध र यसका कारण समाजमा परेको असर गम्भीर प्रकृतिको छ। 

मिटरब्याज पीडित , लघुवित्त पीडित , सहकारी पीडित हरुको आन्दोलन आफैमा संगठित आन्दोलन हो। तर यो आन्दोलनले नेपाली समाज अहिले बैंक वित्तीय संस्था तथा लघुवित्त र सहकारीप्रति विश्वास नै गुमाउदै गएको छ। यस्ता आरु किसीमका सामाजिक असरहरु प्रशस्तै भेटिन्छन्। 

पछिल्ला केहि घटनाक्रमले सुरक्षा निकायको मात्रै नभई बैंक वित्तिय संस्थाका कर्मचारी तथा निजामती कर्मचारी तथा उद्योगी व्यवसायीको मनोबल ह्वात्तै घटेको छ। उनीहरुको मनोबल बढाएर काम गरि खान सकिने अवस्था नेपालमा छ भन्ने संदेश आम सर्वसाधारणमा लैजाने ठूलो चुनौती रविमाथि छ।  

त्यसमाथि पछिल्लो समय सडकमै देखिएका कुनै एक जातीय तथा व्यवसायिक समुदाय विरुद्द भएका नियोजित आन्दोलन, सामाजिक सद्भाव बिथोल्ने किसिमका आन्दोलन, मिलेर बसेको नेपाली समुदायको लागि टाउको दुखाईको विषय बन्न पुगेको छ। 

विगतमा हाम्रै समाजअनुसारका अपराधिक घटना हुने गरेकोमा अहिले सूचना प्रविधिको युगमा इन्टरनेट मार्फत नयाँ नयाँ प्रकारका साइबर अपराध आकर्षित हुने घटनाहरु बढिरहेका छन्। एकातर्फ यस्ता घटनाको नियन्त्रणका लागि राज्यसंग त्यहीअनुसारको स्रोत साधनको व्यवस्था हुनुपर्ने हो तर छैन। यसको व्यवस्थापन पनि रबिको लागि अर्को चुनौती हो। 

त्यस्तै साइबर ब्युरोको सिमितताका कारण देशभरका मानिसहरु साइबरसंग सम्बन्धित इस्यु बोकेर काठमाण्डौ आउनुपर्ने बाध्यता अहिलेको अर्को जल्दो बल्दो समस्या हो। विगतमा छोटो अवधिमा धेरै राम्रा काम गर्न सफल भएका रवि अहिलेका जल्दो बल्दो समस्या समाधान तर्फ लागेर आम नेपाली जनसमुदायको आत्मविश्वास बढाउने गरि काम गर्नुपर्ने रविको दायित्व भएको सिंह सुनाउछन्। सिंह हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिव छन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved