गभर्नरको दाबेदार हुँ, धितोपत्र बोर्डको अध्यक्षमा हल्ला चलाए : पूर्व डेपुटी गभर्नर श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 06:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठले धितोपत्र बोर्डको अध्यक्षमा जोडेर आफूबारे गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन्। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर भईसकेको मान्छेलाई धितोपत्र बोर्डको अध्यक्ष बन्न लागेको भनेर प्रचार गरिएकोमा उनले असन्तुष्टि जनाएका हुन। 

उनि भन्छन, 'नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर भईसकेको मान्छे आफ्नो पदीय ओहदा घटाएर धितोपत्र बोर्डको अध्यक्ष बन्ने कुरा सोच्न पनि सक्दिन। तर केहि समययता मलाई धितोपत्र बोर्डको अध्यक्षको लागि जोडेर प्रचार गरिएको छ तर त्यो सत्य होइन।'

आफुलाई यसअगाडी पनि धितोपत्र बोर्डको अध्यक्षको लागि प्रस्ताव आएपनि आफुले त्यसमा सहमती नजनाएको बताउदै पुर्व डेपुटी गभर्नर श्रेष्ठले भने, 'मलाई यस अगाडी पनि धितोपत्र बोर्ड अध्यक्षको लागि प्रस्ताव आएको थियो, अहिले पनि केहि साथिलाई म आइदिए हुन्थ्यो भन्ने लागेको होला तर त्यो हुँ नसक्ने कुरा हो।'

आफु नेपाल राष्ट्र बैंकको गभर्नरको बलियो दाबेदार भएकाले भविष्यमा गभर्नरको लागि भिड्ने तर पदीय मर्यादा विपरित हुनेगरि कुनै पनि पदमा नआउने उनले बिजपाटीसंगको कुराकानीमा बताए। 

'म गभर्नरको बलियो दाबेदार हुँ, भविष्यमा गभर्नरको लागि लड्नेछु, , भविष्यमा संबैधानिक नियुक्ति आयो भने छुट्टै कुरा हो तर पदीय मर्यादा विपरित हुनेगरि ओहदा घटाएर कुनै पनि ठाउँमा नियुक्ति खाँदिन ' उनले भने। 

नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट रमेश हमाल विदा भएपछि रिक्त पदमा बिभिन्न व्यक्तिहरुको चर्चा हुँने गरेको छ। त्यसमा पछिल्लो समय पुर्व डेपुटी गभर्नर श्रेष्ठको पनि नाम चर्चामा थियो। तर धितोपत्र बोर्ड अध्यक्षका लागि हिजो बुधबार फागुन ३० गतेसम्म परेको आबेदनमा समेत श्रेष्ठको आबेदन नपरेपछि उनि यो दौडमा छैनन् र थिएनन भन्ने पुष्टि भएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved