५० प्रतिशत कर्जा आयातमा जाँदा तरलता अभाव भयो: गभर्नर, अब म समाधान गर्छु: अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 03:48:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० प्रतिशत कर्जा आयातमा जाादा तरलता अभाव भएको बताएका छन्  । बिहिबार अर्थ समितिको बैठकमा हालको आर्थिक अवस्थाबारे जानकारी दिदै उनले कर्जा बढ्दा तरलतामा चाप परेको र कूल कर्जाको  ५० प्रतिशत कर्जा आयातको लागि प्रयोग भएकोले तरलताको समस्या देखिएको बताएका हुन् ।

पुँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसक्दा पनि  तरलता व्यवस्थापन गर्न समस्या भइरहेको उनले बताए । हाल कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर रहेको उनले बताए। उनका अनुसार साउनपछि  ४११ अर्ब कर्जा प्रवाह भएको छ भने  ६४ अर्ब मात्रै निक्षेप संकलन भएको छ । उराष्ट्र बैंकले २३ खर्ब ८६ अर्ब तरलता रिपोमार्फत् बैंकिङ प्रणाली पठाईसकिएको उनले बताए।

उनले अर्को महिनाबाट फेरी ब्याजदर बढ्न सक्ने बताए निक्षेपको ब्याजदर बढ्ने ,  बेसरेट पनि बढ्ने र कर्जाको औसत ब्याजदर पनि बढ्ने उनको भनाई छ । तरलता समस्या रहेको समयमा ब्याजदर थोरै बढ्दा आत्तिने नहुने उनले बताए 

छलफलमा अर्थमन्त्री जनार्दन पौडेलले  अर्थतन्त्रमा आएको समस्या आजको नभएको र यसअघि बनेका नीतिका कारण अहिले समस्या देखिएको बताए। बैकिङ क्षेत्रमा देखिएको समस्या आफूले गरेको नितिगत प्रभाव र कामकारबाहीको कारणले नभएको उनको दाबी थियो । अघिल्लो सरकारको नीतिको कारण अहिले समस्या देखिएको र आफुले अब समस्याको समाधान गर्ने बताए । आफुले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गरि सस्थागत संरचनामा सुधार गर्ने बताए । सरकारले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने उनको भनाई थियो । 

आफुलाई अर्थतन्त्र नबुझेको भन्ने महाशयहरुलाई आफुले चिनेको र  चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुने गरि काम गर्ने उनले बताए ।   मन्त्री शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि जसरी भए पनि हाँसिल गरेर देखाउने बताएका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved