रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा कहिले होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 02:48:50 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि भन्सार एजेन्टको नयाँ लाइसेन्सको परीक्षा रोकिएको छ । अदालतमा रिट निवेदन परेपछि रोकिएको परीक्षा रिट खारेज भईसकेपनि पनि सूचारु हुन सकेन । तर, भन्सार विभागले भने यसलाई प्राथमिकतामै राखिएको बताएको छ ।

२०७७ चैत १६ गते सूचना जारी गरी २०७८ जेठ २२ गतेका लागि तोकिएको भन्सार एजेन्टको लिखित परीक्षा रोकिएको थियो । परीक्षाका लागि मिति तोकिँदा परीक्षा हुने दिनभन्दा न्यूनतम १५ दिन अगाडी अर्को सूचना जारी गरिने विभागले जनाएको छ ।

आँखिर किन भयो ढिला ?

अहिले भन्सार विभागले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् । उनका अनुसार रिट खारेज भएपछि नै विभागले भन्सार एजेन्टको परीक्षा सम्बन्धि प्रक्रियालाई तीव्रता दिएको छ ।

यस विषयमा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहने समितिले पनि काम गरिरहेको छ । समितिका संयोजकसमेत रहेका विभागका उपमहानिर्देशक अच्युत सिवाकोटीका अनुसार पाठ्क्रम तर्जुमा, प्रश्नपत्र तयार, प्रश्नपत्र जाँच गर्ने जनशक्ति, परीक्षा केन्द्र तोक्ने, सुरक्षाको प्रवन्ध मिलाउने लगायतका काम अहिले समितिले गरिरहेको छ ।

यसअघिः
भन्सार एजेन्टको लाइसेन्स परीक्षा स्थगित
उनले तयारीमा समय खर्चिनु परेकाले केही ढिलाई भएको र जतिसक्दो चाँडो परीक्षा सञ्चालन गर्ने गरी विभागले काम अघि बढाईरहेको छ । उनले एकाध महिनाभित्रै सूचना जारी हुन सक्ने संकेत गरेका छन् ।

कति छन् परीक्षार्थी ?

लिखित परीक्षा र अन्तर्वार्तामा पास भएपछि ७ लाख रुपैयाँ धरौटी राखी एजेन्ट लाइसेन्स लिन सकिने प्रावधान छ । विभागले २० वर्षपछि ६६० जना भन्सार एजेन्ट थप गर्न लागेको हो ।

विभागका अनुसार ९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । यी मध्ये ६६० जनाले मात्रै भन्सार एजेन्टको लाइसेन्स पाउँनेछन् । 

९ हजार परीक्षार्थीका लागि न्यूनतम् ५० वटा परीक्षा केन्द्र आवश्यक देखिएको उपमहानिर्देशक सिवाकोटी बताउँछन् । उनका अनुसार अहिले परीक्षा केन्द्रका लागि काठमाडौँभित्र कलेजहरु भाडामा लिने गरी खोजी कार्य सुरु गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved