नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो अवस्थामा पुगेको छैन : अर्थविद् डा. चन्द्रमणि अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 06:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा नपुगेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिले श्रीलकांमामात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको सुनाए ।

उनले भने,‘बेलायतका अर्थमन्त्रीले स्प्रिङ स्टेटमेन्ट दिँदा अब १३ लाख मान्छे बेरोजगारमा जान्छ भनेका छन् । बेलायत नै आँत्तिसकेको छ । स्यांक्सन र काउन्टर स्यांक्सन भैरहेको छ । ग्लोबल्ली असर परिरहेको छ । हामी विश्व अर्थतन्त्रसँग परनिर्भर भैसकेकोले असर परेको छ । भोलि यस्तो हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन् । पाकिस्तानले रसियाको ग्याँस लिने भनेको छ । विश्वमै अब ध्रुवीकरण भैरहेको छ। भोलिको दिनमा डलरको भविष्य के हुन्छ भन्नसक्ने स्थिति छैन् ।’

उनले नेपालको अर्थतन्त्रलाई कक्टेल अर्थतन्त्रको संज्ञा दिए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ। श्रीलंकाको अथर्तन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो । कृषिमा उसको ८ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो । उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गर्यो । अर्गानिक खेतीमा गयो । रसायनिक मल बन्द गर्यो । उत्पादन घट्यो । बढि ब्याजको ऋण लियो, त्यो पनि छोटो अवधिको लियो ।’

उनले पछिल्लो समय नेपालको वैदेशिक ऋण बढेको तथ्यांक सुनाए । उनले भने,‘यो संकेत राम्रो होईन । तर, हाम्रो ऋण कम ब्याजदारको छ, अनि लामो समयको छ । नेपालले माईक्रो लभेलको प्लान ल्याएन । अहिले नेपालको श्रीलंका र पाकिस्तानको अवस्था हुन्छ भन्ने होईन । मुद्राको अवमूल्यन गर्ने हो कि भन्ने कुरा आएको छ । यो संकटको बेलामा मुद्रा अवमूल्यन गर्नुहुँदैन् । नेपालको अर्थतन्त्र भनेको भारतीय अर्थतन्त्रको स्याटलाईट ईकोनोमी हो। तर, निच मारेर बस्यौं भने र यतातर्फ ख्याल नै गरेनौं भने ७÷८  महिनापछि समस्या आउँछ । भर्खरै हामीले पेट्रोलियम पदार्थको अभावको सन्दर्भमा पनि ठूलो लाईन लागेको देख्यौं, यो मानिसक रुपमा डर देखियो, यसबाट बाहिर ल्याउनुपर्छ । वैदेशिक मुद्रा कम भयो । घट्ने दरलाई कसरी जोगाउने ? स्रोतको कमी भयो । मान्छेले पैसा होल्ड गरेको छ । अहिले नगद होल्ड भएको छ । निर्वाचनमा प्रयोग गर्न होल्ड भएको छ ।’

उनले सरकारी खर्च बढाउनुपर्ने सुझाव पनि दिए । उनले भने,‘सरकारी खर्च बढाउनुको साथै वैदेशिक मुद्राको स्टक बढाउनुपर्छ । भ्युटावर बनाउनुको सट्टा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । अब पोलिटिकल्ली पनि यसमा ईन्टरभेन्सन हुनुपर्छ ।’ उनले नेपालको अर्थतन्त्रको समस्याको कुरा गर्दा पहेलों बत्ति बलिसकेको सुनाए । उनले भने,‘हामी अब युर्टन हुन सक्ने अवस्था त छैन, अब रातो बत्ति बल्ने खतरा छ । तर, ग्रे–एरियामा आउने अवस्था छ । अहिले आँत्तिहाल्ने अवस्था छैन् । भोलि संकट आउनसक्छ है । सचेत भएर बस्ने बेला छ । सतर्कता अपनाउनुपर्छ । हामीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved