बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 09:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ । फोर्ब्सले सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९ सय २९ औं नम्बरमा परेका छन् ।

सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी गरेका चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर उल्लेख छ । 

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया र बंगलादेशमा छ । इजिप्टमा वाइ वाइ चाउचाउको उत्पादन हुने प्रक्रियामा छ ।

चौधरीको भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।

चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुणले नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved