गभर्नरद्वारा अर्थमन्त्रीलाई १५ सुझाव: २ दिन सार्वजनिक विदा, सवारीमा जोर-बिजोर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 06:13:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई देशको वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको समाधानको लागि तत्काल चाल्नु पर्ने कदमहरु समावेश गरेर १५ बुँदे सुझाव पेश गरेका छन् । 'बाह्य क्षेत्र सुधारका सम्बन्धमा सुझाव पेश गरिएको बारे' शिर्षकको पत्र मार्फत गभर्नर अधिकारीले अर्थमन्त्रीलाई सुझाव दिएका हुन् ।

पत्रमा नेपालको बाह्य क्षेत्रको संरचनात्मक स्थिति, बिध्यमान अवस्था, एवम् आगामी परिदृश्यलाई दृष्टगत गर्दा सो क्षेत्रमा रहेका अन्तर्निहित समस्या समाधानका लागि  तत्काल 'सुधारात्मक, नियन्त्रणात्मक, र प्रबर्दनात्मक' प्रकारका उपायहरु अवलम्बन गर्नु पर्ने अवस्था आएको उल्लेख छ । 

यस्ता छन् गभर्नर अधिकरीले दिएका १५ सुझाव : 

 १. काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू  गर्ने ।

२. काठमाडौं उपत्यका भित्रका सबै सवारी एवम् सार्वजनिक निकायहरूमा हप्ताको पांच दिन कार्यालय समय एक घण्टा थप गरी शनिवार र आइतबार बिदा दिने ।

३. निजी सवारी साधन (चार पाङ्ग्रे तथा मोटरसाइकल)को आयातमा भन्सार लगायतका कर थप गर्ने र नगद मार्जिनको माध्यमबाट आयात निरुत्साहित गर्ने । साथै बैंक कर्जाको हालको सीमा घटाउने । विद्यमान अवस्थामा सुधार नभएसम्मका लागि कम्तिमा पनि २०७९ आषाढ मसान्तसम्म निजी सवारी साधन आयातमा पूर्ण रुपमा रोक लगाउने।

४. नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको कुल बिल भुक्तानी मासिक १२-१३ अर्बका सीमाभित्र रहने गरी आपुर्ति व्यवस्थापन गर्ने ।

५. विद्युतको घरेलु उपयोग बढाउन महशुल घटाउने तथा घरेलु विद्युतीय उपकरण (इन्डक्सन चुल्हो, हिटर, कुकर आदी)को खरिदमा अनुदान प्रदान गर्ने, एलपि ग्यासमा रहेको अनुदान तत्काल खारेज गर्ने ।

६. पेट्रोलियम पदार्थको आयातलाई आगामी ५ वर्षमा कम्तिमा २० प्रतिशत कम गर्ने नीति अवलम्बन गरी सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने ।

७. अत्यावश्यक बाहेकका व्यापारीका बस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागु गर्ने ।

८. उच्च मूल्यका टेलिभिजन, मोबाइल सेट, मदिरा लगायतका विलासिताका सामानको आयातलाई भन्सार तथा करका माध्यमबाट नियन्त्रण गर्ने ।

९. सुपारी, छोकडा, मरीच, केराउ, पोस्तादाना जस्ता स्थानीय रुपमा उल्लेखनीय उपभोग नहुने किसिमका उपभोग्य बस्तुमा नियन्त्रण गर्ने ।

१० . नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई भिसा तथा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरू तत्कालै अनलाइन माध्यमबाट सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउने ।

११. विगतमा स्थगित गरिएका नेपाल भ्रमण वर्षका कार्यक्रमहरूलाई आगामी वर्षको लागि घोषणा गरी सञ्चालनमा ल्याउने ।

१२. हुन्डीलगायत विदेशी विनिमय अपचलनसम्बन्धी कारोबारको प्रभावकारी रूपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ति तथा संस्थालाई कडाभन्दा कडा दण्ड/सजाय दिने व्यवस्था गर्ने । साथै व्यापारमा न्यून बिजकीकरण गर्ने व्यापारीलाई अनुसन्धानको दायरमा ल्याउने ।

१३. विप्रेषण पठाउने र प्राप्त गर्नेको सहजताको लागि हप्तामा सातै दिन चौबिसै घण्टा सहयोगी कक्ष (24/7 help desk) को अनिवार्य व्यवस्था गर्ने ।

१४. विप्रेषण पठाउँदा लाग्ने सेवा शुल्क मध्ये कम्तिमा पनि ५० प्रतिशत शुल्कमा अनुदानको व्यवस्था गरी विप्रेषकको खातामा तत्काल जम्मा हुने व्यवस्था गर्ने ।

१५. indo-Nepal Remittance लाई  विस्तार गर्न भारत सरकार र रिजर्भ बैंक अफ इण्डियासँग थप सहकार्य गरी भारतबाट आउने अनौपचारिक विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याउन उच्च तहमा वार्ता गर्ने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved