८ महिनामा सरकारले खर्च गर्यो ६ खर्ब ७५ अर्ब, ६८४ अर्ब राजश्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 01:27:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा संघीय सरकारले ६ खर्ब ७५ अर्ब खर्च गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्ममा संघीय सरकारको कुल रु.६७५ अर्ब ३० करोड खर्च भएको छ ।

यस अवधिमा चालु खर्चतर्फ रु.५३८ अर्ब ४४ करोड, पुँजीगत खर्चतर्फ रु.७७ अर्ब १५ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ रु.५९ अर्ब ७१ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व रु.६८४ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ रु.६२७ अर्ब ९० करोड र गैर कर राजस्व तर्फ रु.५६ अर्ब ८० करोड परिचालन भएको छ ।

 समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत रु.३५ अर्ब र विकास ऋणपत्रमार्फत रु.५४ अर्ब ५० करोड परिचालन गरी रु.८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved