शिक्षण संस्थाहरुको गैरकानुनी र अवैध धन्दाबारे समाचार लेख्दा बिजपाटीलाई लिंकनको नामबाट धम्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 12:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियास्थित लिंकन युनिभर्सिटी कलेजबाट सम्बन्धन प्राप्त गरेको दाबी गर्दै काठमाडौँसहित नेपालका विभिन्न ठाउँमा संचालनमा रहेका शिक्षण संस्थाहरूबारे समाचार लेख्दा बिजपाटीलाई अज्ञात व्यक्तिले फोन गरेर धम्की दिएका छन् । 

९८१८७००९३६ नम्बरबाट बिजपाटीकर्मीलाई फोन गरेर केस हाल्ने धम्की दिएका ती व्यक्तिले आफ्नो नाम भने खुलाएनन् । 'लिंकनका बारेमा समाचार किन लेखेको ? केस हाल्दिम ?' उनको धम्की थियो । 

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको दाबीसाथ नेपालमा खुलेका शिक्षण संस्थाहरू अवैध रूपमा चलेको पाइएको छ यही तथ्य स्थापित गर्न  बिजपाटीले विभिन्न स्रोतबाट प्राप्त गरेको आधिकारिक दस्तावेजअनुसार समाचारको शृंखला शुरू गरेको छ । 

हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका सम्बन्धन वाला शिक्षण संस्थाहरू आफैं सर्टिफिकेट र मार्कशिट छापेर अवैध रूपमा बाँडिरहेको तथ्य बिजपाटीसँग सुरक्षित छ । 

त्यस्तै मनोमानीपूर्ण ढंगले विद्यार्थी ठग्ने, भविष्य जोखिममा पार्ने, राज्य दोहन गर्ने, कर नतिर्ने, मन्त्रालयको स्वीकृतिबेगर चलाउने, हुण्डी कारोबार गर्ने, देशको मुद्रा अवैध ढंगबाट बाहिर लैजाने कुकर्ममा सामेल शिक्षण संस्थाहरूबारे बिजपाटीले निरन्तर खबरदारी गर्नेछ र गरिरहेको छ । 

यस अघि: 

आर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजाल
-विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा
-किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका 'अवैध' कलेजमाथि कारबाहीको सिफारिस ?
विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’
विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने
मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड
नेपाल मै बसेर विदेशी शिक्षा मोह: सम्बन्धन कै नाममा बाहिरियो डेढ अर्ब विदेशी मुद्रा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved