हेटौंडामा दुईजनालाई एउटै वडाअध्यक्षको टिकट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 12:28:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् ।

महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved