हसिया हथौडामा भोट हाल्न गाह्रो माने नयाँ फैसला गर्न बाध्य हुने प्रचण्डको भनाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 04:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुरमा हसिया हथौडामा भोट हाल्न गाह्रो मान्ने हो भने देश दुर्घटनातिर जाने बताएका छन् ।

सत्तारूढ गठबन्धनले भरतपुरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेस-माओवादी मिलेर परिवर्तन संस्थागत गरिएको भन्दै गठबन्धनको अपरिहार्यता रहेको बताएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धनलाई स्मरण गर्दै प्रचण्डले भने, 'त्यतिबेला हँसिया हथौडा र रुख मिलेर हिंडेको गलत थियो ? मैले साँच्ची नै तपाईको अगाडि उभिएर भन्दै गर्दा, रुखवालाले हसियाँ हथौडामा भोट हाल्न धेरै गाह्रो जस्तो देखियो । तर व्यवहारमा आउँदा मैले सहज देखिन । सहज नदेखिएको चितवन नै हो । मधेश पनि हो । त्यसले हामीलाई चिन्तित तुल्याएर एमालेसँग हिंड्न बाध्य भएका हौँ ।'

उनले गठबन्धनले गरेको निर्णय कार्यान्वयन नभए आफूले नयाँ फैसलासमेत लिन बाध्य हुने चेतावनी दिए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved