मतपत्रमा हस्ताक्षर गर्दा ४ रङ मात्र प्रयोग गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 09:11:14 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम वा डटपेनले सही गर्न सकिने भएको छ ।

आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम वा डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved