रेणुलाई हराउन कम्मर कसेपछि कांग्रेसका पूर्व सांसदसहित ५ जना कारवाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 12:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई हराउन गतिविधि गरेको आरोपमा पूर्व सांसदसहित ५ जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै पूर्व सांसद भिमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदय्स शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत , तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेललाई निलम्बन गरेको जानकारी दिएको हो ।

पार्टी अनुशासन र विधानविपरित काम गरेकाले उनीहरूलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ । 




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved