६ वटै महानगरको ताजा अपडेट : काठमाडौंमा बालेन अगाडि, अन्यत्र गठबन्धनलाई पछ्याउँदै एमाले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 10:34:23 AM मा प्रकाशित

laxmi  sunrise bank

गत शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी विशेष गरेर काठमाडौँलगायत महानगरमा कसले कसले बाजी मार्ला भनेर उत्साह कौतुहलता बोकेर मतदाता बसेका छन्

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र मेयरमा उठेका उम्मेदवार बालेन शाहले फराकिलो अन्तरले अग्रता लिएका छन्

उनले २२३८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १२१९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १०८१ मतले पछ्याइरहेकी छन्

त्यस्तै उपमेयरमा नेकपा एमालेका तर्फबाट सुनिता डंगोलले लोकप्रिय मत हासिल गरेकी छन् उनले २००० मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन्

त्यस्तै महत्त्वका साथ हेरिएको ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबू महर्जनले ८७७ मत ल्याएका छन् उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतका साथ पछ्याइरहेका छन्

उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्य अघि छन् उनले ४४४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले जम्मा सय ६७ मत ल्याएका छन्

त्यस्तै चासोका साथ हेरिएको भरतपुरको मतगणना पनि रोचक बनेको गठबन्धनका तर्फबाट नेकपा माओवादीकी मेयर उम्मेदवार रेणु दाहालले झिनो मतले अग्रता लिएकी छन्

दाहालले ११७८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिजय सुवेदीले १०६८ मत प्राप्त गरेका छन् त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन्

उपमेयरमा नेपाली कांग्रेसकी चित्रसेन अधिकारीले ११२६ मत ल्याएकी छन् भने राप्रपाकी हिमला गुरुङले सय ३० मत ल्याएकी छिन्

त्यस्तै पोखरामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदका लागि ९०२ मत प्राप्त गरेका छन् उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ७०३ मत प्राप्त गरेका छन्

उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ७१६ मत ल्याएकी छन् भने एमालेकी तर्फबाट उपमेयरको उम्मेदवार बनेकी मन्चुदेवी गुरुङले ५८३ मत ल्याएकी छन्

विराटनगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइराला २५८३ मतका साथ् अगाडि छन् उनलाई एमालेका सागरकुमार थापाले १९९० मतका साथ पछ्याइरहेका छन् त्यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले अहिलेसम्म ७१५ मत ल्याएका छन्

उपमेयरमा एमालेकी तर्फबाट शिल्पा कार्की १२१२ मतका साथ अगाडि छिन् त्यस्तै जसपाका अमरेन्द्र यादव ८८७ मतका साथ दोस्रो स्थानमा छन्

त्यस्तै वीरगंजमा जनता समाजवादी पार्टीबाट मेयरको उम्मेदवार बनेका राजेशमान सिंहले १५०७ मत ल्याएका छन् भने एमालेका विजयकुमार सरावगीले ६६८ मत प्राप्त गरेका छन् राप्रपाका तर्फबाट उम्मेदवार बनेका गिरिश गिरीले अहिलेसम्म जम्मा ४१ मत ल्याएका छन्

त्यस्तै कांग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार रहेका इम्तियाज आलमले ११०५ मत प्राप्त गरेका छन् लोसपाका तर्फबाट उम्मेदवार बनेका पुरुषोत्तम लाल झाले जम्मा १६० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ९८ मत ल्याएकी छिन्

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved