आफ्नो उम्मेदवारी खारेजी विरुद्द डा. तोसिमा कार्की अदालत जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2022 | 09:53:08 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्की अदालत जाने भएकी छिन् । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको थियो।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई पदमा बहाल छिन् । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइएको उनको पद लाभको पद भएको आयोगले ठहर गरेको हो । उनले भने निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने बताएकी छिन्।

ललितपुर ३ मा आफ्नो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध अदालत जाने उनले बताएकी हुन् । उनले समर्थक तथा शुभचिन्तकहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिन अनुरोध पनि गरेकी छिन् ।

२०७९-०५-२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि नठानेको उनले बताएकी छिन्।

उनले भनेकी छिन् 'समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ । '

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved