बेलुका भएपछि किन झ्याप्प झ्याप्प जान्छ बत्ति ? यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 01:32:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले केहि सातादेखि मौसमका कारण बिद्युत वितरण प्रणालीमा समस्या देखिएको जनाएको छ । प्राधिकरणले विशेषगरी चट्याङले प्रसारण लाईनको बाटोमा अबरोध आउने गरेको र बैकल्पिक बाटो नहुँदा समस्या देखिएको जनाएको हो ।

प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले प्रसारण लाइनमा समस्या आउँदा बैकल्पिक बाटो नहुने अवस्थालाई कन्टिन्जेन्सी सुविधा भनिन्छ। उनका अनुसार यो सुबिधा हाल नेपालमा छैन । उनका अनुसार यसको लागि वितरण प्रणालीमा संरचना थप्नै पर्छ, जुन प्राधिकरणले गरिरहेको छ। प्राधिकरणले त्यसको लागि कम गरिरहेको तर नतिजा आउन समय लाग्न भएकोले अहिलेको अवस्था भएकै संरचनाले काम चलाउनुको विकल्प नभएको उनी बताउछन्  ।

उनका अनुसार  लकडाउनमा प्राधिकरणका प्राविधिक टोलीहरु फिल्डमा खटिइ रहेको र बिद्युत सेवा अवरुद्ध हुँदा सकेसम्म चांडो मर्मत सम्भार गरी सेवा सुचारु गर्न प्राधिकरणले हरसंभब किसिमले प्रयत्न गरिरहेको छ । साथै उनले मौसम्-सिर्जित प्राबिधिक कारणले बिद्युत सेवा अबरुद्ध हुने अवस्थाको समाधान र न्युनिकरणका लागी प्राधिकरण लागिरहेको पनि बताएका छन्  ।

उनका अनुसार हाल मुख्यत चपुर-पतलैया-हटौडा प्रसारण लाईन खण्डमा समस्या आइ बिगत केहि दिनदेखी प्रणाली निकै पटक अस्थिर हुन् पुगेको छ । टेक्निकल भाषामा यसरी बत्ती जानुलाई ट्रिपिङ भनिन्छ र ट्रिपिङका कारण धेरै हुन् सक्छन् ।पछिल्लो समयमा बेलुकाको समयमा बढी ट्रिपिङ हुने गरेको प्राधिकरणले जनाएको छ  ।

उनका अनुसार मंगलबारमात्र पथलैया परमानीपुर प्रसारण लाइनमा २ पटक समस्या देखियो । १३२ केभीको यो प्रसारण लाइनमा हावाहुरीको कारण बाँसले विभिन्न तारहरु छोएपछि बेलुका ७ बजेर ११ मिनेटदेखि ७ बजेर २० मिनेटसम्म प्रसारण अबरुद्द भएको थियो । जसको कारण हेटौडा ग्रिड तुरुन्त बन्द गरिएको उनी बताउछन् । 

  त्यस्तै ६६ केभीको बालाजु-त्रिशुली प्रसारण लाइनमा पनि जम्परमा समस्या आएको कारण ७ बजेर २० मिनेटदेखि ७ बजेर ३६ मिनेटसम्म  विद्युत अबरुद्द भयो । त्यस्तै १३२ केभीको मातातिर्थ-हेटौडा लाइन चार्च गर्ने क्रममा ८ बजेर ५० मिनेटमा १० मिनेटको लागि पुन विजुली अबरुद्द भएको उनी बताउछन्  ।

प्रबक्ता अधिकारीका अनुसार बैशाख ७ गते पनि १३२ मेगावाट विद्युत प्रवाह भई रहेको हेटौडा -कामने, र हेटौडा-पथलैया  प्रसारण लाइनमा चट्याङ पर्दा बिजुली बन्द भएको थियो  । जसको कारण हेटौडा-भरतपुर्, भरतपुर्-मर्स्याङ्दी, मर्स्याङ्दी-स्युचाटार, प्रसारणलाइनमा विद्युत अवरुद्द भयो । जसले गर्दा विभिन्न सबस्टेशनबाट प्रवाह हुने बिजुली वितरणमा  समस्या आएको प्राधिकरणको भनाई छ । त्यस दिन पुरै पश्चिम नेपाल, हेटौडा र उपत्यकामा बत्ति गएको थियो । 

बैशाख २ गते मंगलबार बेलुका पनि सबस्टेशनमा चट्याङ पर्दा देशभर बिजुली आपूर्ति अवरुद्द भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved