युनाइटेड मोदीको तल्लो मोदीखोला १ आयोजनाको उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 07:33:36 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिराका कारण विगत पाँच दिनदेखि उत्पादन बन्द रहेको आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पु¥याएको छ । बाढी र पहिराका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ ।

पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ । पहिराले आयोजनामा रु चारदेखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए ।

यसअघि गत असार २२ गतेको दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पु¥याएको थियो । निर्देशक गौतमका अनुसार आयोजना मर्मतका लागि प्रयास भइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved