रैराङ र रिडी हाइड्रोबीच गाभिने सम्बन्धमा समझदारी, कारोबार रोक्का राख्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 08:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड र रिडी हाइड्रोबीच एक आपसमा गाभिने सम्बन्धि समझदारी भएको छ। यस सम्बन्धी समझदारी पत्रमा आज कात्तिक १७ गते दुवै सँस्थाबीच हस्ताक्षर भएको छ। 

दुवै कम्पनीको संचालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि समेत बनेको छ। 

गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएकाले दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि दोस्रो बजारमा हुने सेयर कारोबार रोक्का राख्नका लागि रैराङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, र सिडीएससी सँग आग्रह गरेको रैराङका कम्पनी सचिव साईका भण्डारीले जानकारी दिएका छन्। 

रैराङले गत आर्थिक बर्ष १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिएको छ।  कात्तिक १७ गतेको साधारणसभाको लागि कात्तिक ४ गते बुक क्लोज गरेकाले कात्तिक ३ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्नेछन।  

No description available.

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved