बढी भएको बिजुली नेपालले भारतलाई बेच्न थाल्यो, मुल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 12:06:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले भारतलाई नेपालमा बढी भएको बिजुली बिक्रि गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले गतरातिदेखि भारतलाई बिजुली बिक्रि गर्न थालेको हो ।

बर्षा हुन थालेसंगै नदीहरुमा पानीको सतह बढेर बिजुली उत्पादन बढ्न थालेको छ । बढी बिजुली उत्पादन हुँदा नेपालमा खपत नभएर बढी भएको बिजुली भारतलाई बिक्रि गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालिएको हो । उनका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स) मार्फत बिजुली बिक्रि गर्न थालिएको हो ।

ऊर्जा एक्सचेन्ज बजारमा हरेक ब्लकको लागि छुट्टाछुट्टै मूल्य तय हुन्छ । एउटा ब्लक १५ मिनेटको हुन्छ भने माग र आपूर्ति अनुसार प्रत्येक ब्लकको लागि फरक फरक मूल्य तय हुन्छ । एउटा ब्लकमा अधिकतम् मूल्य भने १२ रुपैयाँसम्म तोकिएको छ। औसत रुपमा प्रतियुनिट ६.२८ पैसासम्ममा बिजुली विक्री हुने देखिएको प्राधिकरणले जनाएको छ।

नेपालले गत चैत्रमा थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न सहमति पाएको थियो । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको थियो ।

नेपालले त्यस  अघि नै ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । गत चैत्रसम्म भारतले त्रिशुली र देवीघाट आयोजनाको कूल ३९ मेगावाट बिजुली नेपालबाट लिने गरेको थियो । चैत्रमा  थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न पाउने भएसंगै अब नेपालले  कुल ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न पाउने  छ।  

नेपालले यो बिजुली विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्नु पर्ने छ । जसमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने छ ।  भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मर्स्याङ्दी (७० मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved