इटाली, बेल्जियम र नेदरल्याण्ड युरो कपको अन्तिम १६ मा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 09:09:53 AM मा प्रकाशित

laxmi  sunrise bank

इटाली, बेल्जियम र नेदरल्याण्ड युरो कप प्रतियोगिताको अन्तिम १६ अर्थात नकआउट चरणमा पुगेका छन् । दुई वटै खेल जित्दै यी ३ टोलीले समान ६-६ अंक जोडेपछि अन्तिम यात्रा पक्का भएको हो

नेदरल्याण्डले अष्ट्रियालाई २-०, बेल्जियमले डेनमार्कलाई २-१, तथा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गरेका हुन् । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार ६:४५ बजे स्विडेन र स्लोभाकिया, ९:४५ मा करोएसिया र चेक रिपब्लिक र राति १२:४५ बजे इंग्ल्यान्ड र स्कट ल्याण्ड बीच प्रतिस्पर्धा हुने छ सोल्भाकिया, चेक रिपब्लिक, र इंग्ल्यान्डले जित पारे उनीहरु पनि अन्तिम १६ मा पुग्ने छन्

बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालनमा ल्याएको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन हुने छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved