फेस्टिवल शपिगं मार्केटमा ग्राहकको घुँइचो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 04:16:36 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षितगर्दै राजधानीमा जारी फेस्टिवल शपिगं मार्केटमा हालसम्म ६० हजारले अवलोकन गरेका छन् । चाडपर्वको समयमा एकै स्थानमा सस्तो मूल्यमा सामान किन्न पाइने भएकाले सेवाग्राहीको घुइँचो लागेको हो । 

इभेण्ट सोलुसन प्रा.लि.को आयोजनामा सञ्चालित मार्केट भोली सकिँदै छ । 

‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहिहो बेला’भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु छन् । 

मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार समेत प्रदान गरिँदै आईएको छ । बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिनेछ । मोटरसाइकलको लक्की ड्र सोमबार साँझ गरिने इभेण्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved