वाफ्टटेकले बनायो इकमर्स प्लेटफर्म, अन्तराष्ट्रिय बजारमा पनि प्रयोग हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 10:51:52 AM मा प्रकाशित

laxmi  sunrise bank

वाफ्ट टेक्नोलोजीले मेड इन नेपाल प्रमोट गर्ने गरि इकमर्स प्लेटफर्म बनाएको छ। कोभिड महामारी सुरु भएपछि इकमर्सको प्रयोग गरी सामान किनबेच गर्ने पद्धति मौलाएको देखेर वाफ्टटेकले इकमर्स प्लेटफर्म बनाएको हो।

वाफ्टटेक्का संचालक राजन कुमार जैसवालले इकमर्स प्लेटफर्मको राम्रो उपयोग हन सक्ने र इकमर्स प्लेटफर्म बनाएर विदेश गइरहेको पैसालाई नेपालमै रोक्ने उदेश्यले मेड इन नेपाल नारा सहित इकमर्स डेभेलपमेन्ट प्लेटफर्म सुरु गरेको बताएका छन्। नेपाली पेमेन्ट गेटवे इन्टिग्रेसन, सीआरएम इन्टिग्रेसन, इआरपी इन्टिग्रेसन र नेपालको डेलिभरी लोकेसन, विभिन्न थर्ड पार्टी एप्लिकेसनहरु संग इन्टिग्रेसन गर्ने समस्या हल हुने गरि वाफ्टकमर्स प्लेटफर्म तयार पारिएको जैसवालले बताए।

हालै वाफ्टटेकले विभिन्न देशहरुसंग काम गरेर विदेशी मुद्रा नेपालमा भित्र्याउन सहयोग गर्नुको साथसाथै इकमर्स व्यापारलाई डिजिटल्ली सपोर्ट गर्न अरु प्लेटफर्म जस्तै लजिस्टिक सोलुसन तथा सिआरएम सोलुसनमा कम्पनीले काम गर्दै आएको छ । वाफ्टटेकले चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय इकमर्स साइटहरु बनाएर अनलाईन व्यापारलाई ठुलो सेवा पुर्याउदै आइरहेको जनाएको छ।

संचालक जैसवालले भने 'अनलाईन व्यापार भयो भने हामी हाम्रो प्रोडक्टहरुलाई फराकिलो दायरामा विक्री गर्न सक्छौ, व्यापारलाई फस्टाउन सक्छौ, धेरै कस्टुमरहरुले हाम्रो प्रोडक्टको बारे जान्ने मौका पाउनेछन् र व्यापारलाई नेपालमा मात्र नभई अन्तराष्ट्रिय क्षेत्रमा पनि फैलाउन मद्दत पुग्नेछ । त्यसैले हामी तपाईहरु सबैलाई इकमर्सको बारे राम्ररी बुझ्न र आफ्नो इकमर्स प्लेटफर्म बनाउनु हुन प्रोत्साहन गर्दछौ।'

भिजन २०२५ मा रहेर काम गरिरहेको वाफ्टेकले सन् २०२५ भित्रमा नया आउने पुस्ताहरुलाई डिजिटल रुपान्तरणमा नेतृत्व गर्ने र विभिन्न संस्थाहरुसंग समन्वय भएर विश्व समुदायलाई सहयोग र सेवा पुर्याउने उदेश्य राखेको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved