सनसिटी अपार्टमेन्टमा ५ सय परिवार, विदेशबाट आएका मात्रै ६१ जना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 02:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको पेप्सीकोलास्थि सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि सो क्षेत्रमा त्रास फैलिएको छ । २८ दिन अघि बेलायतबाट फर्किएका ३ जनामा सोमबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई सोमबारै पाटन अस्पतालमा भर्ना गरी पुनः परीक्षण गरिएको थियो । पुनः परीक्षणका क्रममा ८१ वर्षीया आमा र उनका ५८ वर्षीया छोरामा कोरोना संक्रमणको पुष्टि भएको हो । बुहारीको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

विदेशबाट आएका मात्रै ६१ जना

उक्त अपार्टमेन्टमा विदेशमा आएका ५ जनाको कोरोना परीक्षण भएको छ । यीमध्ये २ जनामा संक्रमण पुष्टि भईसकेको छ भने बाँकीलाई पनि उच्च सतर्कताका साथ राखिएको छ । अपार्टमेन्टको १५ औँ तल्लामा बस्दै आएका एकै परिवारका २ सदस्य (आमा र छोरा) मा कोरोना संक्रमणको पुष्टि भएपछि प्रहरीले अपार्टमेन्टलाई नै सिल गरेको छ । 

स्रोतका अनुसार उक्त अपार्टमेन्टमा मात्रै विदेशबाट आएका ६१ जना बस्दै आएका छन् । विभिन्न मूलुकबाट आएका उनीहरुमध्ये सोमबार ५ जनाको परीक्षण भएपनि बाँकीको भएको छैन । कतिपय विदेशबाट आएर पनि होईन भन्दै बसिरहेको हुनसक्ने भन्दै प्रहरी लगाएरै लगत संकलनको काम भईरहेको बताईएको छ । 

५ सय परिवार जोखिममा

पेप्सीकोलाको उक्त सनसिटी अपार्टमेन्टमा ५ सय परिवार बस्दै आएका छन् ।  अपार्टमेन्टभित्र पाँच वटा टावर छन् । एउटा टावरमा सय परिवार क्षमताको फ्ल्याट रहेका छन् । एघारौँ तल्लामा बस्दै आएका एक व्यक्तिका अनुसार ५ सय परिवार क्षमता रहेपनि हाल उक्त अपार्टमेन्टका खतिपय फ्ल्याट खाली छन् । ‘पाँच सय परिवार अट्ने क्षमता हो, तर अहिले भित्र कति परिवार छन् भन्ने एकिन भईसकेको छैन, लगत संकलनको काम हुँदैछ, कतिपय परिवार बाहिर गइसकेको पनि हुन सक्छ ।’ 

अपार्टमेन्टका सबैमा कोरोना परीक्षण

सरकारले अपार्टमेन्टमा बस्ने सबैमा कोरोना संक्रमण परीक्षण सुरु गरेको छ । अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा संक्रमण देखिएपछि अपार्टमेन्टमा बस्ने सबैमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त आपर्टमेन्टकै एक फ्ल्याटमा अर्थमन्त्री डा. युवाराज खतिवडाका छोरा तिलक खतिवडा बस्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved