किन परीक्षण भएन जगदम्बाको भाँचिएको रडको नमूना ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 02:20:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बालाजु बोहोराटारमा श्रीकृष्ण भट्टराई आफूले घर बनाउँदा प्रयोग गरिरहेको जगदम्बा स्टिलको रड/छड गुणस्तरहीन पाएपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा निवेदन दिएका थिए । उनको निवेदन पाएपछि पनि विभागले नमूना संकलनमा आलटाल गरेको थियो । नमूना संकलन गर्न आउने भनेको टोली नआएको खबर बिजपाटीले थाहा पाएपछि विभागका उपमहानिर्देशकलाई सोझो सम्पर्क गरी शुक्रबार यसबारे बुझेको थियो । उपमहानिर्देशकले तत्कालै टोली पठाउने बचन दिएका थिए । 

सोही अनुसार शुक्रबार विभागको टोली पुगेको थियो । बिहबार पीडित भट्टराईसहितको टोलीले उजुरी दिएपनि शुक्रबार मात्रै विभागले शिवजी शर्माको नेतृत्वमा टोली पठाएको थियो । टोलीले शुक्रबार कमसल भनिएका जगदम्बाका १६ एमएमका रडको नमूना संकलन गरेको थियो । आइतबार पीडित, पीडक कम्पनी र विभागका प्राविधिकको रोहबरमा परीक्षण गर्ने भनिएको थियो ।

विभागले नमूना संकलन गर्दाको मुचुल्का


‘शुक्रबार उहाँहरु आएर नमूना लिएर जानु भएको थियो’ स्थानीय शंकर न्यौपानेले भने, ‘आइतबार हामीलाई पनि बोलाएर नमूना जाँच गर्ने भन्नु भएको थियो, तर अहिले सम्पर्क गर्न खोज्दा विभागका कुनै पनि अधिकारीले फोन उठाउनु भएको छैन ।’

विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी संजिव ठाकुर भने आफूले नमूना संकलनका लागि टोली पठाएर नमूना ल्याउन लगाईसकेको र बाँकी काम पनि चाँडै हुने बताउँछन् । विभागका प्रवक्तासमेत रहेका उपमहानिर्देशक दिनानाथ शर्माले निवेदकको सामुन्नेमा नै परीक्षण गराउने गरी तयारी भईरहेको बताए । 

‘जसले निवेदन दिनुभएको छ, उहाँहरुको सामान्नेमा नै परीक्षण गराउने तयारी भईरहेको छ’ उनले भने, ‘हाम्रो चाहाना भ्याएसम्म आइतबार नै परीक्षण गर्ने हो, नभ्याए भोली सोमबार सबेरै परीक्षण हुन्छ ।’ 

विभागमा पीडितले दिएको उजुरी

माघ १६ गतेबाट घर बनाउन सुरु गरेका उनले साउनको २८ गते बिहान मात्रै रडमा खराबी भेटेका थिए । पछिल्लो पटक झारेका रड मर्काउँदा धमाधम भाँचिन थालेपछि उनले कम्पनीमा गुनासो गरेका थिए । कम्पनीले क्षतिपूर्ति दिन नसकिने भन्दै पन्छिएपछि उनी विभागमा पुगेका हुन् ।

यसअघिः

भाँचिने रड बेचेको जगदम्बाले पीडितलाई भन्यो, ‘मिडियामा नजानु’

हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved