कालिमाटी तरकारी बजारका विषयमा समाचार सार्वजनिक भएपछि कृषि मन्त्रालयले पनि चासो देखाएको छ । कालिमाटी तरकारी बजार व्यवस्थापन समितिले छानबिनको तयारी गरेसँगै मन्त्रालयले पनि आवश्यक चासो देखाएको स्रोतले बताएको छ ।
बजारमा बिचौलियाको बिगबिगी बढेपछि बिजपाटी डटकमले नामसहित समाचार सार्वजनिक गरेको थियो । त्यस लगत्तै बजार व्यवस्थापन समितिकी अध्यक्ष सबनम सिवाकोटीले कार्यकारी प्रमुख बिनोद कुमार भट्टराईलाई छानबिनको प्रक्रिया सुरु गर्न निर्देशन दिएकी थिईन् । कार्यकारी प्रमुख भट्टराईले भने आफू कार्यकारी भएको महिना दिन मात्रै पुगेका कारण सबै कुरा अहिले थाहा भईनसकेको तर शुक्ष्म अध्ययन थालिरहेको बताएका छन् ।
‘म आएको महिना दिन मात्रै हुँदैछ, बजारका स्टलमा पनि बिचौलियाले प्रभाव पारेको भन्ने खबर आएपछि मैले पनि हो भन्ने महशुस गरेको छु’ कार्यकारी प्रमुख भट्टराईले भने, ‘मैले वास्तविकता बुझ्ने काम गरिरहेको छु, मन्त्रालयले पनि आवश्यक निर्देशन दिएपछि हामी हाम्रो तर्फबाट कारबाही अघि बढाउँछौँ ।’
मन्त्रीले पनि हटाउन नसकेका बिचौलिया
बिशेष स्रोतका अनुसार कालिमाटी तरकारी बजार भित्र स्टलमा आफूले नाफा खाएर अरुलाई तेब्बर शुल्क असुलेर भाडामा लगाउने बिचौलिया हाबी भएको कुरा मन्त्रालयलाई पनि थाहा नभएको होइन । तर मन्त्रालयले समेत अहिलेसम्म यो बेथिति हटाउन सकेको छैन ।
‘यसअघिका २ जना कृषी मन्त्रीहरुलाई यसबारे जानकारी थियो, रामकृष्ण यादव र चक्रपाणी खनाल ‘बलदेव’ कृषी मन्त्री हुँदा यसबारे राम्रो जानकारी र प्रमाण हुँदा पनि उहाँहरुले हटाउन सक्नु भएन’ स्रोतले भन्यो, ‘अहिले घनश्याम भुसाल मन्त्री हुनुहुन्छ, यसबारे उहाँलाई पनि अवगत छ । तर एक्सनमा जान सक्नु भएको छैन ।’
‘समाचारमा २८ जनाको नाम रहेछ, तर यहाँ १ सय बढी यस्ता बिचौलिया छन् भन्ने लाग्छ’ बजार व्यवस्थापान समितिका एक पदाधिकारीले भने, ‘व्यक्ति को को पर्छन् भन्ने कुरा एउटा हो, तर यो प्रवृत्तिका कारण तरकारी महँगो भएको छ ।’
यसअघिः