शंकर ग्रुपको गल्ती लुकाउने दाउः फलामे रडको ‘ग्यारेन्टी’ देखि घरको बीमासम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 02:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको जगदम्बा स्टिल्स कम्पनीले आफ्नो कमजोरी लुकाउन ग्राहकलाई प्रलोभनमा पारेको भेटिएको छ । काठमाडौँको बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले आफ्नो घर बनाउने क्रममा प्रयोग गरेका जगदम्बाका फलामे रड मर्काउँदा भाँचिएपछि नापतौल तथा गुणस्तर विभागमा उजुरी दिएका थिए । विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बाका १६ एमएमका फलामे छड गुणस्तरहीन भेटिएपछि शंकर ग्रुप आफ्नो कमजोरी ढाकछोप गर्ने दौडधूपमा लाग्यो ।

संविधान दिवसमा प्रवल जनसेवा श्री (चतुर्थ) पदकबाट विभूषित भएका शंकर ग्रुपका मालिक शंकर अग्रवालले उक्त पदक पाउन ठूलै रकम खर्च गरेको बताइन्छ ।

घरको बीमा

वि.सं २०६८ सालमा भ्याट छलीको आरोप लागेको शंकर ग्रुप छोटो अवधिमा प्रगति गरेको औद्योगिक घरनाका रुपमा चिनिन्छ । यो समूहले बैधानिक बाटोबाट काम गरेर स्थापित भयो भन्ने विश्वास कसैले पनि गरेका छैनन् । केही दिन अघि मात्रै गुणस्तर विभागबाट शंकर ग्रुपको जगदम्बा स्टिल्स कम्पनीका फलामे रड र शंकर अग्रवालको परिवारको मंगला सिमेन्टमा एकै पटक खराबी रहेको पुष्टि भयो । तर कम्पनीले पीडित ग्राहकलाई ‘धम्की’ को शैलीमा आफ्नो उत्पादनमा खराबी नरहेको दाबी गरिह्यो ।

जगदम्बा स्टिल प्रकरण नसेलाउँदै बाहिरियो अग्रवाल परिवारको अर्को बदमाशी
बिजपाटी डटकमले यो विषयमा पहिलो रिपोर्टिङ गरेको थियो । त्यसपछिका हरेक प्रक्रियाबारे बिजपाटीले निरन्तर ‘फलोअप’ गरेपछि कम्पनीले पीडित श्रीकृष्ण देवकोटालाई फकाउने रणनीति अनुसार घरको १० वर्षको बीमा गरिदिएको छ । जगदम्बाले उनको घरको १० वर्षको बीमा गरिदिएको कागज नै पठाएको छ ।

रडको ‘लाइफटाइम ग्यारेन्टी’

जगदम्बाले खराबी भेटिएको पुष्टि भएको रड प्रयोग भएका कारण रडको ग्यारेन्टी लिएको छ । उक्त घर बनाउँदा ५ लाखको रडक खरिद गरेका श्रीकृष्णलाई जगदम्बाले ५ लाख नगद फिर्ता दिएर रडको पूर्णकालिन ग्यारेन्टी लिएको हो ।

बीमा र रडको ग्यारेन्टी लिएको पत्रः


तर, उक्त लटमा ६ सय टनभन्दा बढी रड उत्पादन भएकोमा ३ सय टन बजारमा गईसकेको छ । बजारमा स्टक रहेको सामान फिर्ता गर्न कम्पनीलाई विभागले निर्देशन दिएको भएपनि फिर्ता गरे नगरेको जानकारी कम्पनीले विभागमा पठाएको छैन । 

‘बजारमा पुगेको ३ सय टन गुणस्तरहीन फलामे रड एउटा घरमा मात्रै प्रयोग हुने कुरा आएन, त्यही लटमा उत्पान भएका खराब रडहरु दर्जनौ घरमा प्रयोग भईसके’ एकजना उपभोक्ताकर्मीले भने, ‘एउटालाई क्षतिपूर्ति दिएको देखाएर शंकर ग्रुपको उम्किने दाउ हो ।’ 

विभाग स्रोतले भने पीडितहरुले क्षतिपूर्ति माग गरे वाणिज्य विभागमार्फत क्षतिपूर्ति दिलाउन पहल गरिदिने प्रतिवद्धता जनाएको छ ।

यसअघिः

उपभोक्ता ठगी गर्ने शंकर ग्रुपका मालिकलाई संविधान दिवसमा तक्मा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved