पोहोरको भन्दा यसपालीको दशैँ दोब्बर महँगो, कुन बस्तुमा कति बढ्यो भाउ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 28, 2021 | 01:10:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडवाडको सिजन सुरु भएको छ । दशैँ र तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको भाउ पनि उचालिएको छ । चामल र दालबाहेक सबैजसो दैनिक उपभोग्य बस्तुको भाउ बढेको छ । गत वर्षको तुलनामा यसवर्ष नेपालीहरुको दशैँ महँगो हुने देखिएको छ ।

नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दशैँको मुखमा नभई जेठ असारदेखि नै महँगी बढ्न थालेको हो । दशैँको मुखमा पनि आयातित सामानमा केही मूल्य बढ्ने अनुमान गरिएको उनको भनाई छ । 

दाल चामलको भाउ कति बढ्यो ?

गत वर्षको दशैँको तुलनामा सबैभन्दा कम मूल्य बढेका खाद्यान्न हुन् हुन् चामल र दाल । चालम र दालमा गत वर्षको तुलनामा २ देखि ५ प्रतिशत (भुगोल अनुसार) मात्रै मूल्य बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।

गतवर्ष १५ सय रुपैयाँ रहेको सोना मंसुली चामल अहिले बढीमा १५ सय ७५ देखि १६ सयसम्ममा पाईने व्यवसायीहरुको भनाई छ । भान्छामा दैनिक पाक्ने रातो र कालो दालको मूल्य पनि अत्यन्त कम मात्रामा बढेको तुलाधरको भनाई छ ।

तेलमा अनियन्त्रित मूल्य वृद्धि

तेलको भाउ अनियन्त्रित रुपमा बढेको छ । गत वर्षको दशैँको तुलनामा अहिलेको दशैँको समयमा खाने तेलको भाउ प्रति लिटर सय रुपैयाँले महँगिसकेको छ । गतवर्षको तुलनामा ८० प्रतिशतसम्म मूल्य बढेको तुलाधरको भनाई छ ।

तर, उद्योगीहरुले भने कच्चा पदार्थको मुल्य दोब्वर भन्दा बढीले बढेकाले गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेकाले खाने तेलको मूल्य बढेको दाबी गरेका छन् । सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्यसमेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएकाले तेलको भाउ बढाउनु परेको उद्योगीहरुको प्रष्टिकरण छ । 

केराउ आकाशियो

गेडागुडीको भाउ बजारमा बढ्ने क्रममा छ । आयातित गेडागुडीको मूल्य गतवर्षको तुलनामा धेरै नै बढेको तुलाधर बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै भाउ केराउको बढेको छ । गतवर्ष यस समयमा प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँमा पाइने केराउ अहिले प्रतिकिलो १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पर्ने गरेको छ ।

‘यो आयातित केराउको भाउ, नेपाली केराउ त अहिले छैन’ तुलाधारले भने ।

मसलाको मूल्य कति ?

दैनिक भान्छामा प्रयोग हुने जिरा र धनियाँको मूल्य खासै नबढेपछि अरु मसिना मसलाको भाउ बढेको छ । ल्वाङ, सुकुमेल लगायतका विभिन्न मसला मिश्रित मसलाको प्याकेटको भाउ बढेको छ । 

जिरा प्रतिकिलो ३६० देखि ३८० रुपैयाँसम्म पर्दै आएको छ भने धनियाँ प्रतिकिलो २२० रुपैयाँमाथि छ । यो मूल्य गतवर्षको तुलनामा ३ प्रतिशत मात्रै बढी हो । 

मासुको भाउ पनि गतवर्षको तुलनामा प्रतिकिलो ३० रुपैयाँभन्दा बढी बढेको छ । यद्यपी, औसत मूल्य तोकिने भनिएको छ । औसत मूल्य नै तोकिएपनि उक्त मूल्यमा उपभोक्ताले नपाउने देखिएको छ ।

हरियो प्याज, लसुन र धनियाँको भाउ अचाक्ली बढ्दो

हरियो प्याजको भाउ अहिले प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा छ । गतवर्ष यतिबेला हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

हरियो लसुनको पनि भाउ तेब्बरले बढेको छ । गतवर्ष अधिकतम् १४० रुपैयाँ प्रतिकिलो रहेको हरियो लसुन अहिले ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

हरियो धनियाँ भान्छामा दैनिक प्रयोग हुने तरकारीजन्य बस्तु हो । यसको भाउ पनि अहिले अत्याधिक बढेको छ । गतवर्ष पुगनपुग २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved