निर्माणको सिजनमै सस्तियो सिमेन्ट र फलामे डण्डी

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 01, 2021 | 01:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माणको सिजनमै सिमेन्टको भाउ ओरालो लागेको छ । सिमेन्टको भाउ प्रतिबोरा (५० किलो) ३५ देखि ४० रुपैयाँसम्म घटेको उत्पादकहरु बताउँछन् । मंसिर लाग्ना साथ नै सिमेन्टको भाउ घटेको उत्पादहरुको भनाई छ । यसअघि पनि खासै मूल्य नबढेको सिमेन्टको भाउ अहिले प्रतिबोरा ४० रुपैयाँसम्म घटेको छ । 

सिमेन्टसँगै निर्माणका काममा अधिक प्रयोग हुने फलामे डण्डीको भाउ पनि घटेको छ । डण्डीको भाउ एक किलोमा १२ रुपैयाँसम्म घटेको उद्योगीहरुको दाबी छ । यद्यपी, ‘प्राइमरी विलेट’ आयात गरेर डण्डी बनाउने उद्योगहरुले भने मूल्य घटाउन नसकिएको बताएका छन् ।

कारण के ?

अन्तराष्ट्रिय बजारमा कोरोना भाइरसको अर्को लहर फैलिन सुरु गरेको भन्दै त्रास छ । सँगै क्रुड आयल र कोइलाको मूल्य घट्न थालेको छ । जसका कारण नेपालमा सिमेन्ट सस्तिएको हो । 

अहिले नेपाली बजारमा ओपीसी सिमेन्टको उपभोक्ता मूल्य प्रतिबोरा ६९० रुपैयाँदेखि ७१० रुपैयाँसम्म रहेको छ । पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५९० रुपैयाँदेखि ६१० रुपैयाँसम्म छ ।

यसअघि ओपीसी सिमेन्टको मूल्य ७५० रुपैयाँसम्म र पीपीसी सिमेन्टको मूल्य ६५० रुपैयाँसम्म पुगेको थियो ।

सिजनमै मूल्य घट्नु सकारात्मक भएको निर्माण व्यवसायीहरुले बताएका छन् । 

डण्डीको भाउ पनि घट्यो

डण्डीको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँले घटेको छ । अहिले बिलेटको मूल्य घटेर जेठकै समयको हाराहारीमा झरेका कारण डण्डीको भाउ घटेको नेपाल स्टिल बिलेट उत्पादक संघका प्रतिनिधिहरु बताउँछन् । 

अन्तराष्ट्रिय बजारमा बिलेटको भाउ घट्दा नेपालमा डण्डीको मूल्य ओरालो लागेको उद्योगीहरुको भनाई छ । अहिले बजारमा ब्राण्ड अनुसार प्रतिकिलो ९५ रुपैयाँदेखि १०५ रुपैयाँसम्ममा डण्डी पाउन थालिएको छ । यसमा ढुवानी खर्च, भ्याट, नाफा सबै मूल्य जोडिएको छ ।

यसअघि (कार्तिक भरीसम्म) डण्डीको भाउ किलोको १०५ देखि ११५ रुपैयाँसम्म पुगेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved