गण्डकीका मुख्यमन्त्री विरुद्द अविश्वासको प्रस्ताव दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 03:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्रीविरुद्ध संयुक्त पमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने २८ सांसदमध्ये कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ जना रहेका छन् । 

६० सदस्यीय गण्डकी प्रदेशसभामा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

मुख्यमन्त्री गुरुङ गए रातीदेखि नै प्रदेशसभाको अधिवेशन अन्त्य गरिसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved