आइतबार सुनको भाउमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 10:54:00 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिले दिन आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ । शुक्रबार तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ७ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९२ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन् । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved