वाइवाइको उत्पादन बन्द हुनुको कारण के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 11:26:54 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्पादन सुरु भएको ३६ वर्षमा पहिलोपटक वाइवाइ चाउचाउको उत्पादन रोकिएपछि चौधरी समूहले मुख खोलेको छ । लकडाउन सुरु भएकै दिन चैत्र ११ देखि नै उत्पादन रोकिँदा बजारमा वाइवाइ चाउचाउको अभाव सुरु भएपछि लकडाउन नभई अन्य कुनै कारणले उत्पादन नभएको हुन सक्ने आँकलन सुरु भएको छ । 

तर चौधरी समूहले भने वाइवाइ चाउचाउको उत्पादन रोकिनुमा लकडाउन बाहेक अर्को कुनै कारण नभएको दाबी गरेको छ ।  चौधरी समूहका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेलले भने, ‘अर्को कुनै कारण छ कि भनेर शंका गर्नुपर्दैन, उत्पादन रोकिँनुमा लकडाउनबाहेक त्यस्तो अरु कुनै कारण नै छैन ।’ उनका अनुसार अब उद्योगले उत्पादन थाल्ने तयारी सुरु गरिसकेको छ ।

वाइवाइको उत्पादन बन्द हुँदा चौधरी समूहले ठूलो आर्थिक नोक्सानी ब्यहोरेको छ । अहिले नै यति नै नोक्सानी भयो भनेर विवरण आइनसकेको तर ठूलो हानी ब्यहोर्नु परेको उनको भनाई छ । ‘हामीले त ठूलो क्षति ब्यहोर्यौ, राजस्वको हिसाबले पनि राज्यलाई ठूलो हानी भएको छ’ उनले भने, ‘क्षतिको आँकलन इसकेको छैन, यकिन विवरण संकलनको काम भईरहेको छ।’ 

वाइवाइ नामका चार प्रकारका चाउचाउ १४ स्वादमा उत्पादन हुँदै आएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved