उपत्यकाका सीडीओको निष्कर्ष: व्यवसायीको माग जायज छ, सहजीकरण गर्छौं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 04:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रमुख अधिकारिहरुको आज बसेको संयुक्त बैठकले व्यवसायीहरुको माग जायज भएको निष्कर्ष निकालेको छ। बैठकले व्यवसायीहरुको माग जायज भएको र पोर्टोकल मिलाए व्यवसाय संचालनमा सहजीकरण गर्ने निर्णय गरेको काठमाडौंका जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले जनाए। 

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका व्यवसायिक संस्थाहरुसँग आज ललितपुर, भक्तपुर र काठमाडौंका सिडियोहरुले संयुक्त बैठक गरेको जानकारी दिंदै दाहालले व्यवसायीहरुको माग जायज भएको निष्कर्ष रहेको बिजपाटीलाई बताए। 

जुन जिल्लाका भएपनि सबै व्यवसायीको प्रकृति र अवस्था उस्तै हो, सबैको माग जायज छन् काठमाडौंका सिडियो दाहालले भने, उहाँहरुको मागलाई पोर्टोकल मिलाएर सहजीकरण गर्ने आजको बिपत व्यवस्थापन समितिको संयुक्त बैठकले निष्कर्ष निकालेको छ। 

लकडाउनको मोडालिटी तय गर्ने बिषय आफ्नो अधिकार क्षेत्र भित्र नभएको बताउदै दाहालले मोडालिटीबारे रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिस गर्ने बताए। 

साना तथा मझौला व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख आधिकारीसँग छलफल गरेको थियो भने नेपाल चेम्बर अफ कर्मशले पनि सबै सिडिओ तथा सुरक्षाकर्मीलाई भेटेर सुरक्षित तवरले व्यवसायी संचालन गर्न सकिनेबारे सुझाबपत्र पेश गरेको थियो।

राष्ट्रिय व्यवसायी महासंघले एकतर्फी निर्णय गरेर आज देखि व्यवसाय संचालन गर्ने निर्णय गरेको थियो। त्यसपश्चात लकडाउन उल्लङ्घन भएको भन्दै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख अधिकारीहरुबीच छलफल भएको हो। 

पछिल्लो समय लकडाउनले मात्र समस्या समाधान नहुने भन्दै व्यवसायिक सँस्थाहरुले लकडाउनको अवज्ञा गर्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने दबाबमा पुगेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved