७ महिनामा २७ अर्बको विदेशी लगानी प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 12:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दी यता २७ अर्ब बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । बन्दाबन्दी सुरु भएदेखि असोज २५ गतेसम्मको तथ्यांक अनुसार ७ देशबाट १ सय ३७ उद्योगमा २७ अर्ब १५ करोड ८ लाख बराबरको विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । 

बन्दाबन्दीमा समेत उल्लेख मात्रामा लगानी प्रतिवद्धता आएको विभागका अधिकारीहरु बताउँछन् । विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ । 

कुल प्रतिवद्धता मध्येमा चीनबाट १ सय २५ उद्योगमा २३ अर्ब ११ करोड ५ लाख रहेको उद्योगका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार आइस्ल्यान्डबाट एउटा उद्योगका लागि ३ अर्ब, भारतबाट ७ उद्योगका लागि ८ करोड ५७ लाख प्रतिवद्धता आएको छ । यसैगरी मलेसिया, म्याक्सिको, युके लगायतका देशबाट प्रतिवद्धता आएको छ । 

कुन क्षेत्रमा कति लगानी ?

विभागमा प्रतिबद्धता आएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा रहेको छ । खड्काका अनुसार ७ महिनाको अबधिमा पर्यटन क्षेत्रका ७८ उद्योगका लागि १६ अर्ब ५९ करोड लगानी प्रतिवद्धता आएको छ । 

यसैगरी सेवामूलक क्षेत्रमा ४७ उद्योगका लागि ८५ करोड ५ लाख, सूचना प्रविधि क्षेत्रमा ८ उद्योगका लागि १४ करोड, उत्पादनमूलक क्षेत्रका ३ उद्योगमा ३२ करोड र कृषि तथा वनजन्य क्षेत्रमा एक उद्योगका लागि ३२ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ ।

९३ स्वदेशी उद्योग दर्ता

गत चैत यता विभागमा ९३ वटा स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्याकानुसार उक्त उद्योगमा ४ अर्ब ७७ करोड कूल पूँजी रहने गरी उद्योग दर्ता भएका छन् । 

स्वदेशी उद्योगमा सबैभन्दा धेरै उत्पादन मूलक उद्योग दर्ता भएका छन् । २५ वटा उत्पादन मूलक उद्योगमा १ अर्ब ५ करोड लगानी भएको छ । यसैगरी २१ वटा सेवामुलक उद्योगमा ८ करोड ८२ लाख, १९ वटा पर्यटन उद्योगमा ६० करोड, १७ वटा उर्जामूलक उद्योगमा ८ करोड ७६ लाख, ८ वटा कृषि तथा बन पैदावर उद्योगमा ६ करोड र ३ वटा सूचना, संचार तथा प्रसारण उद्योगमा ३० करोड बराबरको लगानी रहेको छ । 

विभागमा विदेशी लगानीमा रहेका उद्योगले ४ हजार ५१९ जनालाई र स्वदेशी उद्योगले ५ हजार ४०४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

नयाँ व्यवस्थाअनुसार ५ करोड रुपैयाँभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैँन् । न्यूनतम रकम ५ करोड माथि तोकिएका प्रतिवद्धता रकममा बृद्धि भएतापनि उद्योगको संख्यामा कमी आएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved